नेपाल र बंगलादेशबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज आगामी मार्चमा हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) बीचको सहमतिअनुसार सिरिज २०२७ मार्च २६, २८ र ३० मा हुनेछ ।

हालै नेपालमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै सिरिजलाई बाढीपीडितप्रति समर्पित गरिने भएको छ ।

क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सिरिजमार्फत दिवंगतप्रति श्रद्धाञ्जली र प्रभावित परिवारप्रति सहानुभूति प्रकट गरिने उल्लेख छ ।

सिरिजलाई नेपाल र बंगलादेशबीचको दीर्घकालीन क्रिकेट सहकार्यका रूपमा समेत अघि बढाइने भएको छ । बंगलादेशले नेपालको महिला क्रिकेट, उमेर समूहको विकास तथा नेपाल ‘ए’ टोलीका लागि द्विपक्षीय भ्रमण र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *