दोस्रो संस्करणको ‘लेट सुशील केडिया स्पोर्ट्स गाला’ सम्पन्न भएको छ। ललितपुरको जावलाखेलस्थित डिएभी सुशील केडिया विश्वभारती विद्यालयमा अगस्ट १७ देखि सुरु भएको प्रतियोगिता सेप्टेम्बर ७ सोमबार सम्पन्न भएको हो ।

स्पोर्ट्स गालामा ९८ विद्यालयका १ हजार २० खेलाडीले विभिन्न खेलमा सहभागिता जनाएका थिए ।

क्रिकेटतर्फको आठौं सुशील केडिया मेमोरियल कपको उपाधि डिएभी ब्लुले जितेको छ । फाइनलमा डिएभी ब्लुले डिएभी येलोलाई ३० रनले पराजित गर्दै उपाधि जितेको हो ।

यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा उत्कृष्ट ब्याटर डिएभी ब्लुका शेखर शाह, उत्कृष्ट बलर एलआरआई स्कुलका श्रेयश अवस्थी, उदीयमान खेलाडी हिमालयन ह्वाइट हाउस आईबी वर्ल्ड स्कुलका आयुष शाही र उत्कृष्ट विकेटकिपर डिएभी येलोका रोनिश करञ्जित घोषित भए ।

सेमिफाइनलमा डिएभी ब्लुले नेपाल पुलिस स्कुल तथा डिएभी येलोले हिमालयन ह्वाइट हाउस इन्टरनेसनल स्कुललाई पराजित गरेका थिएब।

अन्य खेलतर्फ बास्केटबलमा बाल दीपक्षा सदन स्कुल विजेता बन्दा होली भिजन दोस्रो भयो । बास्केटबल महिलातर्फ ज्ञानदे बाल बाटिका विजेता बन्दा निसर्ग बाटिका दोस्रो भयो ।

फुटबलमा सेन्ट जेभियर्स पहिलो, चेल्सी दोस्रो र ईपीएस स्कुल तेस्रो भए ।

टेबल टेनिसमा डिएभी पहिलो, एभीएम स्कुल दोस्रो र सृष्टि एकेडेमी तेस्रो भए ।

ब्याडमिन्टनमा नेपाल पुलिस स्कुल पहिलो, सेन्ट मेरीज दोस्रो र ग्यालेक्सी पब्लिक स्कुल तेस्रो भए ।

यस्तै, योगामा डिएभी पहिलो, एसिया प्यासिफिक दोस्रो र अकसिडेन्टल पब्लिक स्कुल तेस्रो हुँदा ताइक्वान्दोमा डिएभी पहिलो, सृष्टि एकेडेमी दोस्रो र माछापुच्छ्रे आईबी वर्ल्ड स्कुल तेस्रो भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *