सहिद स्मारक ‘सी’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा खालीबारी युवा क्लबले रानीवन स्पोर्टस क्लबविरुद्ध १-० को कठिन जित दिर्ता गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सानुकान्छा तामाङले गरेको एक मात्र गोल खालीबारीलाई जित दिलाउन पर्याप्त बन्यो। उनले खेलको १९औं मिनेटमा सन्देश चाधरीले उपलब्ध गराएको बललाई पोस्टको दिशा दिए ।

जितसँगै १३ खेलमा २० अंक जोडेको खालीबारी चौथो स्थानमा उक्लिएको छ । पराजित रानीवनले समान खेलबाट ८ अंकका साथ पुछारमा रहेर रेलिगेशनमा परेको छ ।

आइतबार नै सम्पन खेलमा महावीर क्लबले मनोहरा युनाइटेडविरुद्ध ३-१ को जित निकाल्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *