राष्ट्रिय ब्याडमिन्टन खेलाडी नीता लम्साल नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा नाम निकाल्न सफल भएकी छन् ।

प्रहरी प्रधान कार्यालयले शनिबार सार्वजनिक गरेको परीक्षाफलअनुसार नीता प्रहरी निरीक्षक पदका लागि सफल भएकी हुन् ।

विराटनगरकी स्थायी बासिन्दा नीता राष्ट्रिय स्तरकी ब्याडमिन्टन खेलाडीसमेत हुन् । उनले कोशी बहुमुखी क्याम्पसबाट उच्च शिक्षा हासिल गरेकी छन् ।

नीताले १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका तर्फबाट सहभागिता जनाउँदै पदकसमेत जितेकी थिइन् । साथै, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उनले थुप्रै उपाधि तथा पदक हासिल गरेकी छन् ।

नेपाल प्रहरीमा आबद्ध रहेर खेलकुद क्षेत्रमा समेत निरन्तर योगदान दिँदै आएकी नीताले अब प्रहरी निरीक्षकको नयाँ जिम्मेवारी सम्हाल्ने भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *