विराटनगर । विराटनगरमा रहेको जेएनएल फुटसलको आयोजनामा सम्पन्न तेस्रो संस्करणको विराटनगर अन्तरवडा फुटसल प्रतियोगिताको उपाधि वडा नम्बर १ ले जितेको छ ।
मंगलबार सम्पन्न फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन वडा नम्बर २ लाई ३-२ गोल अन्तरले पराजित गर्दै वडा नम्बर १ ले उपाधि जितेको हो ।
सेमिफाइनलमा वडा नम्बर २ ले वडा नम्बर १२ लाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । अर्को सेमिफाइनलमा वडा नम्बर २ ले वडा नम्बर ८ लाई ३–२ गोलले पराजित गरेको थियो ।
वडा नम्बर १ ले उपाधिसँगै नगद ३० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो । उपविजेता भएको वडा नम्बर २ ले नगद १५ हजार रुपैयाँमा चित्त बुझाउनु पर्यो ।
प्रतियोगितामा विराटनगर महानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ७, ८, ९, ११, १२, १३, १६, १७ र १९ सहित १४ वटा वडाका १४ टोलीको सहभागिता रहेको थियो ।
