नेपाल पुलिस क्लबको भलिबल टिम (महिला तथा पुरुष), फुटबल टिम (महिला तथा पुरुष), क्रिकेट पुरुष टिम व्यवस्थापन, तयारी, प्रशिक्षण, ब्रान्डिङ र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितालाई अझ प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले नेपाल प्रहरी शारीरिक सुगठन तथा खेलकुद शिक्षालय र एग्रो थाई फुड्स प्रा. लि. विच आज प्रायोजन सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौतामा एग्रो थाई फुड्स प्रा. लि. ले तीन वर्षसम्मको लागी प्रायोजन उपलब्ध गराउनेछ । यस प्रायोजनले नेपाल पुलिस क्लबका भलिबल टिम (महिला तथा पुरुष), फुटबल टिम (महिला तथा पुरुष), क्रिकेट पुरुष टिमहरूको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
उक्त कार्यक्रममा नेपाल प्रहरी शारीरिक सुगठन तथा खेलकुद शिक्षालयको तर्फबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी र एग्रो थाई फुड्स प्रा. लि. को तर्फबाट व्यापार विभाग प्रमुख सोनिया रानाज्यूले हस्ताक्षर गरे ।
