काठमाडौं । इन्टरनेसनल जोसेफ स्कुलले काठमाडौंमा आयोजित जेसिआई यु–१६ गल्र्स टी वान रग्बी प्रतियोगिताको उपाधि जितेको छ ।

बुढानीलकण्ठ नगरपालिकाको बालुवाखानीस्थित कपअन स्पोर्ट्स सेन्टरमा सोमबार भएको खेलमा इन्टरनेसनल जोसेफ स्कुलले ओडिसी इन्टरनेसनल एकेडेमीलाई २–० ले हराउँदै उपाधि जितेको हो । 

एक दिने प्रतियोगितामा कुल १६ टोलीले प्रतिस्पर्धा गरेको आयोजक नेपाल विद्यालय रग्बी कमिसनका अध्यक्ष दीपक अधिकारीले जानकारी दिए । उक्त प्रतियोगिताको एसिया रग्बीका उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव टंकलाल घिसिङले गरेका थिए । सो अवसरमा नेपाल रग्बी संघका अध्यक्ष डा. दीपक देवकोटा, वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी र महासचिव गोविन्द घिमिरे उपस्थित थिए । जेबी स्कुल तेस्रो स्थानमा रह्यो ।

निर्धारित र थप समयमा खेल बराबरी भएको थियो । तर, क्वाइन टसमा जेबीले जोशेफ हाई स्कुलमाथि जित निकाल्यो । जेबीले तेस्रो स्थानको लागि भएको खेलमा जोशेफ हाई स्कुललाई १–० ले हराएको हो । विजेताले सात हजार, उपविजेताले पाँच हजार र तेस्रो स्थानको तीन हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी पाए । 

प्रतियोगिताको बेस्ट प्लेअर इन्टरनेसनल जोसेफ स्कुलकी डोल्मु लामा घोषित भइन् । उनले ट्रफी प्राप्त गरेकी थिइन् । जेसीआई नेपालका २०२६ का राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर जीवन कार्की, नेपाल रग्बी संघका अध्यक्ष डा. दीपक देवकोटा र नेपाल विद्यालय रग्बी कमिसनका अध्यक्ष दीपक अधिकारीले पुरस्कृत गरेका थिए ।

समापनमा नेपाल रग्बी संघ तथा नेपाल स्कुल रग्बी आयोगका बोर्ड सदस्यहरूको उपस्थिति रहेको थियो । प्रतियोगिताले विद्यालय तहमा महिला रग्बीको विकास र युवा खेलाडीको प्रतिभा प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *