मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप २०२६ काे खेल तालिका परिवर्तन भएकाे छ ।

एसियाली क्रिकेट काउन्सीलले बुधबार गरेकाे नयाँ तालिका अनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले चार खेल खेल्ने भएको छ ।

नेपालले प्रतियोगिताको पहिलो खेल अगस्ट ३१ मा बहराइनसँग खेल्नेछ । उक्त खेल मलेसियाको वाइएसडी यूकेएम ओभलमा नेपाली समयअनुसार बिहान ७ः१५ बजे सुरु हुनेछ ।

त्यसपछि नेपालले सेप्टेम्बर ३ मा आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । यो खेल पनि वाइएसडी यूकेएम ओभलमै बिहान ७ः१५ बजे हुनेछ ।

नेपालले समूह चरणको तेस्रो खेल सेप्टेम्बर ६ मा साउदी अरेबियाविरुद्ध खेल्नेछ । बायुमास ओभलमा हुने उक्त खेल बिहान ७ः१५ बजे सुरु हुनेछ ।

समूह चरणको अन्तिम खेलमा नेपालले सेप्टेम्बर ८ मा हङकङको सामना गर्नेछ । बायुमास ओभलमा हुने यो खेल पनि बिहान ७ः१५ बजे सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *