काठमाडाैं । नेपाल भलिबल संघले २०८३/०८४ को वार्षिक कार्यक्रम सार्वजनिक गर्दै एक वर्षभित्र चार अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

संघले सार्वजनिक गरेको कार्यक्रमअनुसार नेपालमा सेन्ट्रल एशियन भलिबल एसोसियसन (काभा) महिला च्याम्पियन्स लिग, काभा पुरुष भलिबल च्याम्पियनसिप, काभा पुरुष च्यालेन्ज कप र थ्री नेसन्स कप प्रतियोगिता आयोजना गरिनेछ । 

महिला च्याम्पियन्स लिग १ देखि ७ सेप्टेम्बरसम्म काठमाडौंमा हुने तय भइसकेको छ । नेपालले यसअघि २०२४ र २०२६ मा यो प्रतियोगिता आयोजना गरिसकेको छ । गत संस्करण पनि यो प्रतियोगिता नेपालमै हुने तय थियो । तर, जेन्जी आन्दोलनका कारण प्रतियोगिता ताजकिस्तानमा सारिएको थियो । उक्त प्रतियोगितामा नेपाल सहभागी थिएन ।

नेपाल २०२४ को उपविजेता हो। २०२६ मा भने नेपाल चौथो भएको थियो । अन्य प्रतियोगिताको मिति भने पछि तय गरिने संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *