काभा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत लिग चणकाे अन्तिम खेलमा पनि नेपालको हारको श्रृंखला जारी रहेको छ । साेमबार सम्पन्न आफ्नो पाँचौं खेलमा नेपाल उज्बेकिस्तानसँग सोझो सेटमा ३–० ले पराजित भएको हो ।

नेपालले पहिलो सेटमा कडा चुनौती दिए पनि २४–२६ ले गुमायो । त्यसपछि दोस्रो सेट २०–२५ र तेस्रो सेट २२–२५ ले गुमाउँदै नेपालले लगातार पाँचौं हार बेहोरेको हो ।

प्रतियोगिताभर संघर्षपूर्ण प्रदर्शन गरे पनि नेपालले जित निकाल्न सकेको छैन ।  यसअघि नेपाल काजाकिस्तान, श्रीलंका, पाकिस्तान र बंगलादेशसँग पनि पराजित भएको थियो । पाँच खेलबाट नेपालकाे तीन अंक छ । नेपालले अब मंगलबार पाँचाैं स्थानकाे लागि खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *