मोरङ जिल्लास्तरीय ‘बी’ डिभिजन फुटबल लिग शुक्रबारबाट सुरु भएको छ ।

मोरङको कानेपोखरीस्थित रमाइलोमा भएको उद्घाटन खेलमा विराटनगरको रानी युवा क्लबले विजयी सुरुवात गरेको छ । रानीले कानेपोखरीको रमाइलो युवा क्लबलाई २-१ गोल अन्तरले पराजित गयो । रानीका मनोज गुरुङले दुई गोल गरे भने रमाइलोका उदीप लिम्बूले गोल फर्काए ।

यस्तै, दोस्रो खेलमा बेलबारीको एम्ब्रीयो युवा क्लब विराटनगरको त्रिवेणी बाचनालयमाथि ३-१ गोल अन्तरले विजयी बन्यो । एम्ब्रीयोका मिक्सन दासले दुई गोल गर्दा थप एक गोल बिर्ख आलेले गरे । त्रिवेणीका इन्द्र राईले सान्त्वना गोल गरे ।

खेलअघि कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण कुमार बस्नेत (परशुराम) ले उद्घाटन गरेका थिए । पहिलो खेलमा रानीका मनोज गुरुङ म्यान अफ दी म्याच घोषित भए । दोस्रो खेलमा एम्ब्रीयोका मिक्सन दास म्यान अफ दी म्याच घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *