सुनसरी बी डिभिजन जिल्ला नकआउट फुटबल प्रतियोगिता जेष्ठ २७ गतेदेखि शुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीको आयोजनामा हुन लागेको बी डिभिजन जिल्ला फुटबलमा सुनसरीका सात टिमले प्रतिष्पर्धा गर्ने भएका छन् ।

एन्फा एकेडेमी धरानको मैदानमा ५ दिन सम्म चल्ने प्रतियोगिताको बिजेता र उपबिजेता ए डिभिजन लिगमा बढुवा हुनेछन् ।
साथै प्रतियोगिताको बिजेताले २० हजार नगद पुरस्कार पाउँदा उपबिजेता टिमले १० हजार रुपैंया पुरस्कार प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले रु ५ हजार, सर्वाधिक गोलकर्ताले ३ हजार र प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ ले २ हजार प्राप्त गर्ने एन्फा सुनसरी महासचिव महासचिव कोबिदजंग कार्कीले बताए ।
