नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्ड आज राति आफ्नै जन्मभूमि इंग्ल्याण्डविरुद्ध मैदान उत्रँदै छन् । उनको जन्म सन् २००० मा इंग्ल्याण्डको लिड्स शहरमा भएको थियो, जहाँ उनका पिता अल्फ–इङ्गे हालान्ड व्यावसायिक फुटबल खेल्थे ।

एर्लिङ इंग्ल्याण्डका लागि नभइ आफ्ना आमा–बुबाको मातृदेश नर्वेको राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् । इंग्ल्याण्ड र नर्वाबीचको आजको खेलले हालान्डका लागि विशेष अर्थ राख्नेछ ।

जन्मभूमिविरुद्ध पहिलोपटक होइन हरेक भेट उनको व्यक्तिगत यात्राको एउटा रोचक अध्याय बनेको छ । विश्व फुटबलका उत्कृष्ट गोलकर्तामध्ये एक मानिने हालान्डले आफ्नो टोलीलाई जित दिलाउने लक्ष्यसहित मैदान उत्रनेछन् ।

इंग्ल्याण्ड उनको गोल रोक्ने योजनामा हुनेछ । नर्वे र इंग्ल्याण्डबीचको खेल आइतबार बिहान २ः४५ देखि सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *