इटालीमा भएको ला स्पोर्टिभा लाभरेडो अल्ट्रा ट्रेल (युटीएमबी) की स्वर्णधारी सुनमाया बुढा मंगलबार स्वदेश फर्किएकी छन् ।
१२० किलोमिटर दूरी सुनमाया बुढाले कोर्स रेकर्डसहित १३ घण्टा ३३ मिनेट १८ सेकेन्डमा पूरा गर्दै पहिलो भएकी थिइन् ।
सुनमायालाई नेपाल एभेन्चर रनिङ महासंघका पदाधिकारीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
