विराटनगर । तेस्रो विराट फुटसल च्याम्पियनसिपको उपाधि विराटनगरले जितेको छ ।

शनिबार विराटनगरस्थित ज्याम्बोरी फुटसलमा सम्पन्न फाइनल खेलमा बेलबारीलाई ५-३ गोल अन्तरले पराजित गर्दै विराटनगरले उपाधि हात पारेको हो ।

उपाधिसँगै विराटनगरले नगद २५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको थियो भने बेलबारीले नगद १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्रमा चित्त बुझायो ।

मन्जिना फाउन्डेसनको आयोजना र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सम्पन्न १ दिने प्रतियोगितामा मोरङ जिल्लाका ६ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषले गरेका थिए । विजेता र उपविजेता टोलीलाई कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष सन्तोषी श्रेष्ठ, फाउन्डेसनका अध्यक्ष जतिन ताम्राकारलगायतले पुरस्कृत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *