विराटनगर । विराटनगरमा यही असार ६ गते शनिबार हुने तेस्रो संस्करणको विराट फुटसल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।
मन्जिना फाउन्डेसनको आयोजना र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा हुने प्रतियोगिताको खेलतालिका बिहिवार सार्वजनिक गरिएको हो ।
जाम्बोरी फुटसलमा हुने प्रतियोगिताका सम्पूर्ण खेल एकै दिन सम्पन्न हुनेछन् । प्रतियोगितामा मोरङका ६ वटा टिमहरूको सहभागिता रहने छ । मोरङको सुन्दरहरैंचा, केराबारी, बेलबारी, बुढीगंगा, विराटचोक र विराटनगर सहभागि हुनेछन् ।
प्रतियोगिताको विजेताले २५ हजार नगद र उपविजेताले १५ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्ने मन्जिना फाउन्डेसनका अध्यक्ष जतिन ताम्राकारले जानकारी दिएका छन् ।
