एसकेबीएस तेक्वान्दो शनिबारदेखि

२०८३, ५ असार शुक्रबार १९:५४

हिमालय इन्टरनेसनल स्पोट्स एकेडेमी नेपालको आयोजनामा तेश्रो एसकेबीसी काठमाडौं जिल्ला आमन्त्रित तेक्वान्दो च्याम्पियनसिप शनिबारदेखि हुने भएको छ ।

बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयको पूर्ण सहयोगमा हुने प्रतियोगितामा ३ सय भन्दा बढी खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक रन्जित डंगौराले जनाएका छन् ।

पुरुष-महिलामा समान १६–१६ गरी ३२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दुईदिने प्रतियोगिताका खेलहरु टोखा–५, बसुन्धरास्थित श्री समाज भवन परिसरमा खेलाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *