काठमाडाैं । मार्वलस र गोल्डेनपिक दोस्राे तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
मार्वलसले नवोदितलाई ५१–४१ ले पराजित ग¥यो । मार्वलसको जितमा सनिप शाही र रोशन कुश्वाहाले समान १८–१८ अंक योगदान गरे । सुशील गिरीको २६ अंक सहयोगमा गोल्डेनपिकले न्युटनलाई ६८–६० ले हरायो ।
तेजस्वी एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको गल्र्समा भ्याली पब्लिक र इडेन ब्रिज एकेडेमी (इबीए) ले उपाधि भिडन्त पक्का गरे ।
भ्याली पब्लिकले फेरिल्यान्डलाई २३–१४ ले पाखा लगायो। भ्याली पब्लिककी सोनीमाया तामाङले ९ स्कोर गरिन् । इबीएले काठमाडौं विद्याकुञ्जलाई २२–१८ ले पन्छायो । इबीएकी मेनुका मगरले १२ अंक जोडिन् । फाइनल आइतबार हुनेछ ।
