ग्रामथान (मोरङ) । मोरङको ग्रामथान गाउँपालिकामा जारी अध्यक्ष कप नक-आउट फुटबल प्रतियोगितामा गोल्डेन स्टार युथ क्लब, भलुवा, सुनसरी फाइनलमा प्रवेश गरेको छ ।

बुधबार नडियाटोकको खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा हात्तिमुढा स्पोर्टिङ एकेडेमी, हात्तिमुढा, मोरङलाई सडन डेथमा १२–१० ले पराजित गर्दै गोल्डेन स्टार प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा दुवै टोलीले ५–५ गोल गरेपछि खेल सडेन डेथमा पुगेको हो ।

निर्धारित समयमा निशान लिम्बुले गोल गर्दै पहिलो हाफमा गोल्डेन स्टारलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा हात्तिमुढाका मुकेश चौधरीले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए ।

खेलको म्यान अफ दि म्याच गोल्डेन स्टारका गोलरक्षक अमन थन्दार घोषित भए । उनले नगद १ हजार १ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

गोल्डेन स्टारले उपाधिका लागि शनिबार चौधरी चौक युवा क्लब, महेशपुर, मोरङसँग प्रतिस्पर्धा गर्नेछ । आजको दोस्रो सेमिफाइनलको खेलको प्रमुख अतिथि सारदा सेकेन्डरी बोर्डिङ स्कुल, झोरहाट, मोरङका प्रिन्सिपल सञ्जय कुमार मण्डल रहनु भएको थियो ।

दिप ज्योति युवा क्लब, ग्रामथान-१, लखन्तरी, मोरङको आयोजना तथा ग्रामथान गाउँपालिकाको सहयोगमा जारी प्रतियोगितामा ८ टोलिको सहभागिता रहेको थियो । प्रतियोतिगाको विजेताले नगद ५१ हजार र उप विजेताले ३१ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *