विराटचौक । इटहरी उपमहानगरपालिका मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ स्थित शुक्रबारे खेलमैदानमा जारी चौथो सुन्दरहरैँचा मेयर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा इटहरी उपमहानगरपालिकाले लेटाङ नगरपालिकालाई टाइब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा दुबै टोलीले गोल गर्न नसकेपछी खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको हो । खेलको म्यान अफ दि म्याच इटहरी उपमहानगरपालिकाका निवास फुयाल घोषित भए । उनले नगद ४ हजार रुपैयाँ पुरस्कारसहित ट्रफी प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत भोलि बुधबारको पहिलो सेमिफाइनल खेल बेलबारी नगरपालिका र केराबारी गाउँपालिकाबीच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै उत्कृष्ट खेलाडीहरूलाई विभिन्न विधागत पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *