सुनसरी । राष्ट्रिय स्कुल च्याम्पियनसिप सुनसरी क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न क्वार्टरफाइनल खेलबाट डिभिएम स्कुल, जनता माध्यमिक विद्यालय, कोशी सेन्ट जेम्स स्कुल र विश्व आदर्श स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आजको पहिलो खेलमा नेपाल डिभिएम स्कुलले स्मल हेवन स्कुललाई ७ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो । दोस्रो खेलमा जनता मावि इटहरीले कोशी पब्लिक स्कुल इनरुवालाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्यो ।

तेस्रो खेलमा कोशी सेन्ट जेम्स स्कुलले ब्राइट फ्युचर स्कुललाई ६२ रनले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो । यस्तै, चौथो खेलमा विश्व आदर्श स्कुलले लर्ड बुद्ध स्कुललाई ५६ रनले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भयो ।

प्रतियोगिताका सेमिफाइनल खेलहरू आइतबार हुने सुनसरी जिल्ला क्रिकेट संघले जनाएको छ ।

सुनसरी जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगिता जेठ २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा जिल्लाभरिका २० वटा विद्यालयको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *