काठमाडाैं । नेपाल बुद्धिचाल महासङ्घको विवाद सतहमा आएको छ । १० जेठमा दुई स्थानमा विशेष अधिवेशन आयोजना भए पछि हेटौडामा आयोजना गर्ने पक्षले आफूहरूले विशेष साधारण सभा वैद्य भएको दाबी सहित बुधवार पत्रकार सम्मेलनको आयोजना गरेको हो ।

सो पक्षको दाबी अनुसार हेराकाजी महर्जनको अध्यक्षतामा रहेको पुरानै सङ्घ यथावतै छ । आवस्यक ५० प्रतिशत गणपूरक सङ्ख्या नपुगे पछि दोस्रो पटक ११ जेठमा आयोजित सभामा आवस्यक ३३ प्रतिशत पुगेका कारण अधिवेशन वैद्य रहेको दाबी गरिएको हो ।

अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरम बहादुर लामाको विरुद्धमा अविश्वास प्रस्ताव दर्ता भए पछि साधारण सभा गर्ने सवालमा विमति रहेको थियो । बहुमत सदस्यले हटिडमा विशेष अधिवेशन आयोजना गरेको थियो भने बहुमत सदस्यले काठमाडौँमा विशेष साधारण सभा माग गर्ने निर्णय गरेको थियो। सोही आधारमा काठमाडौँमा विशेष साधारण भएको थियो ।

आर्थिक अनियमितता, खेलाडी माथिको दुर्व्यवहार तथा दुई वर्ष अघि अनावश्यक व्यक्तिलाई भ्रमण गराउन खोज्दा चेस ओलम्पियाडमा नेपाली खेलाडीले भिसा नपाएको लगायत आरोप सहित अविश्वास प्रस्ताव दर्ता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *