मेचिनगर । नेपाल बुद्धिचाल महासंघको आयोजनामा सञ्चालन भइरहेको राष्ट्रिय बी चेस च्याम्पियनसिप दोस्रो दिन चौथो चरणको खेल सक्दा पुरुष वर्गमा रिसोन थापाले अग्रता कायम गरेका छन् । काँकडभिट्टा स्थिथ नाइट चेस क्लबको स्थानीय व्यवस्थापन रहेको महिला वर्गमा बिनिता कपालीले एकल अग्रता बनाएकी छिन् ।  

प्रतिस्पर्धाको दुवै विधाका अन्तिम परिणाम आएसँगै शीर्ष नवौं स्थानमा रहने खेलाडीहरु २६ औं राष्ट्रिय पुरुष च्याम्पियनसिप र ११ औं राष्ट्रिय महिला च्याम्पियनसिपका लागि छनोट हुनेछन् । रिसोन थापाले चार चरणको स्पर्धामा पूर्ण ४ अंक संकलन गरी शीर्ष स्थान कब्जा गरेका छन् । दोस्रो स्थानमा रहेका पाँच खेलाडी कमल श्रेष्ठ, सिएम सुश्रुत दाहाल, सुरोज महर्जन, आशिष फूँयाल र मुहन नर्सिङ श्रेष्ठले बराबर ३.५ अंक जोड्न सफल भएका छन् । 

यस्तै सिएम पुरुषोत्तम चौलागाईं, सत्यम शर्मा, धिरेन राई, राजनकुमार पोख्रेल, बलिराम गुरुङ, बिक्रमजीत लिम्बु एआईएम अभिक शाह, प्रतीक शर्मा र क्रिश अधिकारी समान ३ अंक बनाउदै संयुक्त तेस्रो स्थानमा छन् । यसैगरी महिला वर्गमा बिनिता कपालीले तिन चरणको खेल समाप्तिमा पूर्ण ३ अंक जोडी पहिलो स्थान ओगटेकी छिन् । क्रमशः पूजा भण्डारी र कृतिसरा अधिकारी २.५ अंकका साथ संयुक्त दोस्रो स्थानमा छन् भने शान्ति धिमाल, शुशीला गुरुङ र राधिका पौडेल २ अंक लिएर तेस्रो स्थानमा रहेका छन् ।

काँकडभिट्टाको खानेपानी तथा सरसफाई हलमा चलिरहेको खेल स्वीस लिग प्रणाली अन्तर्गत ९० मिनेट थप ३० सेकेन्ड समय नियन्त्रणमा खेलिँदैछ । नाइट चेस क्लबका अध्यक्षको उपस्थितिमा सम्पन्न भइरहेको राष्ट्रिय ‘बी’ च्याम्पियनसिपबाट छनौट हुने १८ खेलाडीले जनही रु. ५,००० भत्ता पाउने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *