नेपाली राष्ट्रिय महिला भलिबल टोली घरेलु मैदानमा जारी काभा महिला भलिबल च्याम्पियनसिप २०२६ सेमिफाइनलमा पुगेको छ ।

आइतबार भएको समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा माल्दिभ्सलाई ३-० को साेझाे सेटमा हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो ।

नेपाललले माल्दिभ्सलाई क्रमशः २५-१२, २५-९ र २५-२० को सेटमा पराजित गर्यो ।

जितसँगै नेपालले समूह चरणको तीन खेलबाट ७ अंक जोड्यो । समूह ए को नेपाल पहिलो खेलमा भारतसँग ३-२ को सेटमा पराजित हुँदा दोस्रो खेलमा किर्गिस्तानलाई साेझाे सेटमा हराएको थियो ।

यता, लगातार तेस्रो खेलमा पराजित माल्दिभ्स अंक विहिन रहदै च्याम्पियनसिपबाट बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *