काठमाडौं । नेपाल फ्लाइङ डिस्क फेडेरेसन (एनएफडीएफ) द्वारा शुक्रबार काठमाडौंको कपनस्थित ह्यान्डबल मैदानमा आयोजित अल्टिमेट फ्रिस्बी प्रतियोगिता ‘हिमालयन स्पिरिट कप’ को उद्घाटन दिन फ्रिस्बी फ्यान्टम र काठमाडौं हक्स विजयी भएका छन् ।

दिनको पहिलो खेलमा फ्रिस्बी फ्यान्टमले यती अल्टिमेटलाई १३–८ गोलले पराजित गर्दै फाइनलमा स्थान बनायो । फ्यान्टमका श्रेयास खड्का ६ गोलसहित प्लेयर अफ द म्याच घोषित भए ।

अर्को खेलमा काठमाडौं हक्सले होप फाउन्डेसनलाई ९–२ ले हराउँदै अर्को चरणमा प्रवेश गर्यो । काठमाडौं हक्सका लागि मिंगमार लामाले उत्कृष्ट प्रदर्शन गर्दै ६ गोल गरे । त्यसैगरी, साइमोन खड्का, फुर्बा शेर्पा र सागर लुइटेलले समान एक–एक गोल गरे ।

होप फाउन्डेसनका लागि किरण र राजनले एक–एक गोल गरे । काठमाडौं हक्सले शनिबार हुने सेमिफाइनलमा चुनिखेल वारियर्ससँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलको विजेताले फाइनलमा फ्रिस्बी फ्यान्टमसँग खेल्नेछ ।

प्रतियोगितामा बूढानीलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष नवराज भट्टराईसहित नेपाल फ्लाइङ डिस्क फेडेरेसनका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो । अतिथिहरूले खेलाडीहरूले प्रदर्शन गरेको उत्साह, टिमवर्क र खेलभावनाको प्रशंसा गर्दै नेपालमा अल्टिमेट फ्रिस्बीको विकासका लागि यस्ता प्रतियोगिताको महत्वमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *