मिक्लाजुङ (मोरङ) । साखरे युवा क्लब, मिक्लाजुङ, मोरङको आयोजनामा जारी चौथो खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८३ मा टाँडी स्पोर्टिङ क्लब, टाँडी, मोरङ फाइनलमा प्रवेश गरेको छ ।

बुधबार साखरे स्कुलको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा ब्रदर्श फुटबल क्लब, मिक्लाजुङ, मोरङलाई १-० गोलले स्तब्ध बनाउँँदै टाँडी उपाधि नजिक पुगेको हो ।

टाँडीको जितमा जंग खड्काले गरेको एक मात्र गोल निर्णायक बन्यो । जंग नै खेलको म्यान अफ दि म्याच भए । उनले नगद रु १,००५ पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा भोलि बिहिवार कालिदह फुटबल क्लब, मिक्लाजुङ, मोरङ र आयोजक साखरे युवा क्लबबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । जेठ ९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद रु. ५१,१११ रुपैयाँ र उपविजेताले नगद रु. ३१,१११ रुपैयाँ पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *