मिक्लाजुङ (मोरङ) । साखरे युवा क्लब, मिक्लाजुङ, मोरङको आयोजनामा जारी चौथो खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८३ मा टाँडी स्पोर्टिङ क्लब, टाँडी, मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार साखरे स्कुलको खेल मैदानमा सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा मुकुम्लुङ युवा क्लब, दमक, झापालाई टाइब्रेकरमा ५-४ ले पराजित गर्दै टाँडीले अन्तिम चारको यात्रा तय गरेको हो ।

निर्धारित समयमा दुबै टोलीले २-२ गोलको बराबरी खेलेपछी खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको हो । टाँडीका लागि पारस मिभक र पदम मगरले गोल गरे । यता, मुकुम्लुङका लागि रोशन धिमाल र निर्मल बिस्वले गोल गरे । खेलको म्यान अफ दि म्याच टाँडीका पदम मगर घोषित भए ।

प्रतियोगितामा भोलि मंगलबार कालिदह फुटबल क्लब, मिक्लाजुङ, मोरङ र त्रिवेणी स्पोर्टिङ क्लब, दमक, झापाबीच चौथो क्वार्टरफाइनल खेल हुनेछ । जेठ ९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद रु. ५१,१११ रुपैयाँ र उपविजेताले नगद रु. ३१,१११ रुपैयाँ पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *