काठमाडौं । लाटे लभर्स ‘ए’ र सगरमाथाले एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । लाटे ब्वाइज तथा सगरमाथा गल्र्समा पहिलो भए ।

मनमैजुस्थित आयोजक एन्जल्स हार्टमा भएको ब्वाइजको फाइनलमा लाटेले एयरजो ‘बी’ लाई २१–१५ ले पराजित ग¥यो। लाटेका महेन्द्र प्याकुरेलले १२ स्कोर गरे ।

गल्र्सको उपाधि भिडन्तमा सगरमाथाले भ्याली पब्लिक ‘ए’ लाई १५–९ ले हरायो । सगरमाथाकी लोरिशा गौचनले १० अंक जोडिन् । दुवै समूहका विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार हात पारे । विजेता÷उपविजेताले एन्जल्स हार्टमा प्लस टु अध्ययन गर्न पूर्ण छात्रवृत्ति पनि पाउने छन्। सहभागी सबैलाई पनि ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुनले जनाएका छन्। इच्छुकले १० दिन भित्र सम्पर्क गर्नु पर्ने छ ।

समग्रमा सगरमाथाकी लोरिशा गौचन प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । ब्वाइजमा लाटेका महेन्द्र प्याकुरेल तथा गल्र्समा सगरमाथाकी लाक्षी लामा ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।

विजेतालाई काठमाडौं हिसानका अध्यक्ष गोपी पराजुली र उपाध्यक्ष शिवप्रसाद अर्याल, काठमाडौं जिल्ला शिक्षा समन्वय इकाइ तालिम विभागका संयोजक युवराज दाहाल, एन्जल्स हार्ट एजुकेसन फाउन्डेसनका अध्यक्ष लीलबहादुर पुन, एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुन, एन्जल्स स्पोर्ट्स एन्ड रिक्रिएसन सेन्टरका अध्यक्ष खिमबहादुर थापा, सर्व शक्ति सहकारीका प्रबन्ध निर्देशक अमर महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगिताको ब्वाइजमा ४० तथा गल्र्समा १४ टिम सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *