काठमाडौं । भ्याली पब्लिक ‘ए’ एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको गल्र्समा शनिबार फाइनलमा प्रवेश गरेको छ ।
मनमैजुस्थित आयोजक एन्जल्स हार्टमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा भ्याली पब्लिकले फेयरलेस फ्लायर्स ‘बी’ लाई ७–५ ले पराजित ग¥यो । भ्याली पब्लिक ‘ए’ ले उपाधिका लागि मनास्लु र सगरमाथाबीचको विजेतासंग खेल्ने छ ।
ब्वाइजमा टिम सेवा लाइट सेमिफाइनलमा पुग्यो । एयरजो ‘बी’, आइस, स्निकर फ्रिकर, हिमालयन वल्र्ड स्कुल र सुटरले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । लाटे लभर्स र एयरजो ‘ए’ ले प्रिक्वाटरफाइनलमा स्थान पक्का गरे ।
प्रतियोगिताको पूर्व प्रदेश मन्त्री शैलेन्द्रमान वज्राचार्यले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगिताको ब्वाइजमा ४० तथा गल्र्समा १४ टिम सहभागी छन् । दुवै समूहका विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुरस्कारसहित छात्रवृत्ति प्राप्त गर्ने छन् ।
