एन्फा राष्ट्रिय लिग अन्तर्गत सोमबार सम्पन्न खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) क्लब र प्लानिङ ब्वाइज युनाइटेड बराबरीमा रोकिएका छन् ।

त्रिपुरेश्वस्थित दशरथ रंगशाला मा भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो । पहिलो हाफमा अग्रता बनाएको एपीएफले दोस्रो हाफमा जोगाउन सकेन ।

खेलको २२औँ मिनेटमा एपीएफका युवराज खड्काले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए । तर ६०औँ मिनेटमा प्लानिङ ब्वाइजका यालेक्स विलियानेले बराबरी गोल फर्काएपछि खेल १–१ मा टुंगियो ।

यस बराबरीसँगै एपीएफले ९ खेलबाट २१ अंक बनाउँदै तालिकाको शीर्ष स्थान कायम राखेको छ । समान खेलबाट प्लानिङ ब्वाइजको १९ अंक पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *