एन्फा राष्ट्रिय लिगअन्तर्गत न्युरोड टिम (एनआरटी) अन्तिम समयमा अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा एनआरटी लालीगुराँस एसोसिएसन क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
खेलको २६औँ मिनेटमा कप्तान अञ्जन विष्टले गोल गर्दै एनआरटीलाई पहिलो हाफमै अग्रता दिलाएका थिए । तर निर्धारित समयको अन्तिम मिनेटमा आशिष गुरुङले गोल फर्काउँदै लालीगुराँसलाई १–१ को बराबरीमा ल्याए ।
यो बराबरीसँगै एनआरटी १९ अंकसहित सातौँ स्थानमा रहेको छ भने समान खेलबाट लालीगुराँस २० अंकसहित तेस्रो स्थानमा उक्लिएको छ ।
