लालीगुराँस एसोसिएसन एन्फा राष्ट्रिय लिग अन्तर्गत आठौं साताको खेलमा बराबरीमा रोकिएको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा लालीगुराँस फ्रेन्ड्स क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको हो । 

यो नजितासँगै आठ खेलबाट १८ जोडेको लालीगुराँस दोस्रो स्थानमा यथावत् छ । यता समान खेलबाट ६ अंक जोडेको फ्रेन्ड्स १३औं स्थामा उक्लिएको छ । 

खेलको २६औं मिनेटमा सरोज गुरुङको गोलबाट अग्रता बनाएको लालीगुराँसले दोस्रो हाफमा जोगाउन सकेन । फ्रेन्ड्सका जेनिश प्रजापतिले ७६औं मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *