चित्लाङमाथि संंकटाको जित

२०८२, १५ फाल्गुन शुक्रबार १६:३२

एन्फा राष्ट्रिय लिगअन्तर्गत सम्पन्न खेलमा संकटा फुटबल क्लबले चित्लाङ फुटबल क्लबमाथि ४–० को प्रभावशाली जित निकालेको छ ।

संकटाको जितमा रिचार्ड चुकउदालु वन्यमाले ह्याट्रिक पूरा गरे । उनले विपक्षी रक्षापंक्तिलाई निरन्तर दबाबमा राख्दै तीनै गोल गरेका हुन् । यस्तै, ताइ दानीएल बादारुले एक गोल थप्दै टोलीको जित सुनिश्चित बनाए ।

यस जितसँगै संकटाले आठ खेलबाट नौ अंक जोड्दै तालिकाको आठौं स्थानमा उक्लिएको छ । पराजित चित्लाङ समान खेलबाट सात अंकसहित तालिकाको बाह्रौं स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *