धरानमा सम्पन्न १४औं धरान १० के रनको उपाधि नरेन्द्रसिंह रावत र सन्तोषी श्रेष्ठले हात पारेका छन् ।

धरान १० (टेनके) किलोमिटर रनमा नरेन्द्रले ३१ मिनेट ५१ सेकेण्डमा दौड पूरा गरेका थिए भने सन्तोषीले ३७ मिनेट ३७ सेकेण्डमा पूरा गरेकी हुन् । उनीहरुलाई नगद ६० हजार पुरस्कार प्रदान गरिएको छ।

पुरुषतर्फ जुलियस मर्युकी ३१ मिनेट ५८ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो भए भने महिलातर्फ पुष्प सेर्माले ४१ मिनेट ४४ सेकेण्डमा सो दूरी पार गरिन् ।

उनीहरुलाई पुरस्कारस्वरुप नगद ४० हजार प्रदान गरिएको छ । त्यसैगरी अमिर लिम्बू ३२ मिनेट ५० सेकेण्ड र प्रिया क्षेत्री ४२ मिनेट ३ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो भए । उनीहरुलाई नगद ३० हजार प्रदान गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *