लिग लिडर इन्टर मिलानले इटालियन सिरी ‘ए’मा शनिबार युभेन्टसविरुद्ध ३–२ को रोमाञ्चक जित दर्ता गरेको छ । 

सान सिएरोमा घरेलु टोली इन्टरलाई जित दिलाउन पियो एस्पोसिटो र पिओटर जिलिन्स्कीले १–१ गोल गरे । १ गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । युभेन्टसका लागि एन्ड्रिया क्याम्बियासो र म्यानुएल लोकाटेलीले १–१ गोल फर्काए । 

खेलको १७ औँ मिनेटमा युभेन्टसका रक्षक एन्ड्रिया क्याम्बियासोबाट आत्मघाती गोल हुन पुग्दा इन्टरले अग्रता लिएको थियो । ९ मिनेटपछि क्याम्बियासोले नै युभेन्टसलाई बराबरीमा ल्याए । 

रक्षक पियरे कालुलुले दोहोरो पहेंलो कार्ड व्यहोर्दै मैदान छाडेपछि ४२ औँ मिनेटमा युभेन्टस १० खेलाडीमा समेटिएको थियो । ७६ औँ मिनेटमा एस्पोसिटोले गोल गर्दा इन्टर २–१ ले अगाडि बढ्यो । 

निर्धारित समय सकिन ७ मिनेट बाँकी रहँदा लोकाटेलीले युभेन्टसलाई २–२ को बराबरीमा ल्याए । अन्तिम मिनेटमा जिलिन्स्कीले गोल गर्दै इन्टरलाई ३–२ को जित दिलाइन् । 

जितसँगै इन्टरले २५ खेलमा ६१ अंक जोडेको छ । पराजित युभेन्टस समान खेलबाट ४६ अंकका साथ चौथो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *