तरहरा (सुनसरी) । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) सुनसरीको आयोजनामा १२औं हिसान स्पोर्ट्स मिट आजदेखि तरहरामा शुरु भएको छ । आज भएको पहिलो दिनको खेलमा स्किल क्याम्पस, पूर्वाञ्चल सेकेण्डरी स्कुल र कस्तुरी कलेजले विजयी सुरुआत गरेका छन् ।

पहिलो खेलमा स्किल क्याम्पसले ज्ञान दर्पण एकेडेमीलाई ३-२ गोलले निराश बनायो । स्किललाई जित दिलाउन गोल गरे मौसम तामाङ, टेक बहादुर क्षेत्री र सुजल चौधरीले १-१ गोल गरे । ज्ञान दर्पणका लागि दिपेश चौधरी र आशिष चौधरीले १-१ गोल गरे । खेलको म्यान अफ दि म्याच स्किलका मौसम तामाङ घोषित भए । उनले नगद एक हजारसहित मेडल प्राप्त गरे ।

दोस्रो खेलमा पूर्वाञ्चल सेकेण्डरी स्कुलले सुष्मा गोदावरी स्कुललाई १-० ले स्तब्ध बनायो । पूर्वाञ्चललाई जित दिलाउन निमेश बस्नेतले निर्णायक गोल गरे । निमेश नै खेलको म्यान अफ दि म्याच भए । उनले पनि नगद एक हजारसहित मेडल प्राप्त गरे ।

तेस्रो खेलमा कस्तुरी कलेजले सिओन कलेजलाई ३-० ले पराजित गर्यो । कस्तुरीका लागि मार्क ठकुरी, चुडामणी पान्डे र सुजन श्रेष्ठले १-१ गोल गरे । खेलको म्यान अफ दि म्याचचुडामणी पान्डे चुनिए । उनले पनि नगद एक हजारसहित मेडल प्राप्त गरे ।

स्पोर्ट्स मिट अन्तर्गत सोमबार पनि फुटबलका तीन खेल हुनेछन् । पहिलो खेल धरान सेकेण्डरी स्कुल र बिष्णु मेमोरियल स्कुल, दोस्रो खेल विश्व आदर्श स्कुल र सिबी स्कुल तथा तेस्रो खेल धरान आदर्श कलेज र नास्ट कलेजबीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *