नेपाली राइजिङ टेनिस स्टार शिभाली गुरुङ अस्ट्रेलियामा भइरहेको अस्ट्रेलियन ओपनको एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफीमा चौथो भएकी छन् ।

तेस्रो स्थानको लागि शुक्रबार भएको खेलमा शिभाली जापानी खेलाडी आयोइ योसिदासँग ६–२, ६–३को सोझो सेटमा पराजित भइन् । शिभाली सेमिफाइनलमा शिभाली घरेलु खेलाडी अस्ट्रेलियाकी मुसेम्मा सिलेकसँग पराजित भएकी थिइन् ।

समूह चरणमा शिभालीले चीनकी जिन्यु झाउलाई प्रतिस्पर्धात्मक खेलमा २–१ सेटले पराजित गर्दै विजयी सुरुआत गरेकी थिइन् । दोस्रो खेलमा भने भारतकी जेन्सी कनाबारसँग २–० को सेटमा पराजित भइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *