जारी अफ्रिका कप अफ नेसन्समा मोरक्को र सेनेगलले सेमिफाइनल यात्रा तय गरेका छन् ।

क्वाटरफाइनलको रोचक खेलमा मोरक्कोले क्यामरुनलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो । 

मोरक्कोको जितमा ब्राहिम डियाज र इस्माएल साइबरीले एक–एक गोल गर्दै टोलीलाई निर्णायक सफलता दिलाए । यो जितसँगै मोरक्कोले अब सेमिफाइनलमा अल्जेरिया र नाइजेरियाबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

अर्को क्वाटरफाइनलमा सेनेगलले मालीमाथि १–० को कठिन जित निकाल्दै सेमिफाइनलमा प्रवेश गर्‍यो । 

लिमान एनडियेले गरेको गोल नै खेलको एक मात्र तथा निर्णायक गोल बन्यो । खेलको पहिलो हाफको अन्त्यतिर यभ्स बिसोउमाले रातो कार्ड पाएपछि माली १० खेलाडीमा सीमित भएको थियो । सेमिफाइनलमा सेनेगलले इजिप्ट र आइभरी कोष्टबीचको विजेतासँग भिड्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *