नक्सालबारी । मोरङको नक्सालबारीमा आजदेखि शुरु भएको छैठौ माघे संक्रान्ती खुल्ला नकआउट फुटबल प्रतियोगिता शतिसाले फुटबल क्लब, सुनसरी विजयी भएको छ ।

शुक्रबार भएको उद्घाटन खेलमा शतिसालेले तालतलैया ब्याइज, सुनसरीलाई २-० ले पराजित गर्यो । जितसँगै शतिसाले प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शतिसालेलाई जित दिलाउन नितेश लिम्बु र साजन बर्देवाले गोल गरे । खेलको म्यान अफ दि म्याच शतिसालेक साजन बर्सेवा घोषित भए । उनले नगद रु १,५८२ सहित मेडल प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत शनिबारको खेल डाँगीहाट फुटबल क्लब, मोरङ र नक्सलबारी फुटबल क्लब, मोरङबीच दोस्रो क्वार्टरफाइनल खेल हुनेछ ।

जनज्योति क्लब, नक्सलबारी, मोरङको आयोजनामा शुरु भएको प्रतियोगितामा मोरङ र सुनसरी गरी ८ वटा टिम सहभागिता छ । प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेताले ३१ हजार पाउने छ ।

प्रतियोगिताको उद्घाटन बेलबारी नगरपालिकाका उपमेयर नितु थापाले बस्नेतले गरेकी थिइन् । प्रतियोगिताको संयोजकको रुपमा नेपाल मगर संघ र नक्सलबारी फुटबल क्लब रहेका छन् भने सहयोगी संस्था बेलबारी नगरपालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *