काठमाडौं । नेपाली टेनिस खेलाडी अभिलाषा विष्ट र इटालीकी मिकोल साल्भाडोरीको जोडी डब्लुटीए डब्लु ३५ मा क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
केन्याको नयरोबीमा जारी प्रतियोगिताको महिला डबल्समा अभिलाषा र मिकोलको जोडीले भारतकी अस्मिथा इस्वारामुर्थी र इरानकी मन्डेगर फर्जामीको जोडीलाई ६–३, १–६ र ११–९ ले पराजित गरेको नेपाल टेनिस संघका सचिव अजय विष्टले जनाएका छन् ।
