अल्जेरिया र साविक विजेता आइभरीकोस्ट अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार राति भएको खेलमा डिआर कंगोलाई अतिरिक्त समयमा १-० ले हराउँदै अल्जेरियाले अन्तिम आठमा स्थान बनाएको हो ।

अल्जेरियालाई जित दिलाउन आदिल बुल्बिनाले निर्णायक गोल गरे । यो जितसँगै अल्जेरियाले क्वार्टरफाइनलमा नाइजेरियासँग खेल्नेछ ।

मंगलबार राति नै भएको अर्को आइभरीकोस्टले बुरकानो बासोलाई ३–० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनायो । उसको जितमा अमाड डिआलो, यान डाइमान्डे र ब्लाटी टुरेले गोल गरेका थिए ।

यो खेलसँगै प्रतियोगिताको अन्तिम आठको समीकरण पूरा भएको छ । अब, आइभरीकोस्टले अन्तिम आठमा इजिप्टको सामना गर्नेछ ।

अन्य क्वाटरफाइनल खेलमा मालीले सेनेगल र क्यामरुनले मोरक्कोसँग भिड्ने छन् । अब क्वाटरफाइनल खेल बिहीबार सुरु हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *