विराटनगर । प्याब्सन प्रेसिडेन्ट विराटनगर स्तरीय छनोट प्रतियोगिता अन्तर्गत आज तेश्रो दिनको खेलमा ४ विद्यालय बिजयी भएका छन ।
आज भएको पहिलो खेलमा ग्रेडेड स्कुलले बिकेभिएम स्कुललाइ १-० गोल अन्तर्गतले हराउदै बिजयी भएको छ । ग्रेडेडका प्लेयर अफ द म्याच स्वीकार प्रसाईं घोषित भएका थिए ।
त्यसै गरि दोश्रो खेलमा बिराट शिक्षा निकेतन स्कुलले इडेन स्कुललाइ ४-० गोल अन्तरले हराउँदै बिजयी भएको छ । त्यसैगरी आजको तेश्रो खेलमा अर्पन स्कुलले गौतमबुद्द स्कुललाइ १-० गोल अन्तरले पराजित गरेर बिजयी भएको छ । खेलको प्लेयर अफ द म्याच अर्पणका नितेस राजबंसी घोषित भएका थिए ।
आजको अन्तिम खेल सगरमाथा स्कुल र बुढानिलकण्ठ स्कुल बिच भएको थियो । अन्तिम खेलमा सगरमाथा स्कुलले बुढानिलकण्ठ स्कुललाइ २-१ गोल अन्तरले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच सगरमाथामाका दिप्सन राई घोषित भएका छन् ।
प्याब्सन नगर स्तरिय फुटवल प्रतियोगिता पुस १ गतेसम्म संचालन हुने र विराटनगर भित्रका २४ वटा विद्यालयहरुको सहभागि रहेको अध्यक्ष अर्जुन श्रेष्ठले बताएका छन् ।
