वडा नं १३ ले शनिबार तेस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं १३ पहिलो संस्करणमा उपविजेता बनेको थियो ।

वडा नं २३ को आयोजनामा लैनचौर फुटसल मैदानमा आयोजना भएको प्रतियोगिताको फाइनलमा वडा नं १३ ले वडा नं ४ लाई पेनाल्टि सुटआउटमा २-० ले पराजित गर्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

पेनाल्टि सुटआउटमा विजयी टिमका लागि अभय राना र आसिस कपालीले गोल गरे । वडा नं ४ बाट पेनाल्टि सुटआउटमा गोल हुन सकेन ।

अभय फाइनलका म्यान अफ दि म्याच बने । यसैगरी वडा नं १३ का विकेश शाही सर्वाधिक गोलकर्ता बने। उनले कूल ७ गोल गरे । यसैगरी वडा नं ४ का विक्रान्त नरसिंह राना सर्वश्रेष्ठ खेलाडी र वडा नं १३ का विशाल शाही सर्वश्रेष्ठ गोलकपर चुनिए ।

विजेता वडा नं १३ ले ट्रफीसहित दुई लाख रुपियाँ प्राप्त गर्यो । उपविजेता वडा नं ४ ले एक लाख रुपियाँ प्राप्त गर्यो । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस-दस हजार रुपियाँले पुरस्कृत गरियो ।

पहिलो संस्करणमा वडा नं १४ र दोस्रो संस्करणमा वडा नं १६ ले उपाधि जितेका थिए ।

समापन कार्यक्रममा आयोजक वडा नं १३ का अध्यक्ष मचाराजा महर्जनले यस्ता प्रतियोगिता विगतमा केन्दीय स्तरबाट मात्र भइहेको बेला आफूहरूले धेरै मिहिनेतकासाथ बजेट निकासा गरेर यति ठुलो प्रतियोगिता गर्न सफल भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *