काठमाडौं। कन्स्टिलेसन र ज्ञान निकेतन १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा मंगलबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

हात्तीगौडास्थित आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) को कोर्टमा भइरहेको प्रतियोगितामा कन्स्टिलेसनलले हेम्सलाई ५३-५० ले पराजित गर्यो ।

कन्स्टिलेसनको जितमा सोदिन तामाङले २२ अंक योगदान गरे । सवाज मन्सुरको १० अंक सहयोगमा ज्ञान निकेतनले जोन डेवीलाई ३०-१७ ले हरायो ।

ब्वाइजमै एलआरआईले काठमाडौं युरोलाई ३३-२० ले पाखा लगाउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। एलआरआईका आश्रित थापाले १० स्कोर गरे ।

त्यस्तै, स्किब्स, विल्सन एकेडेमी, बीएमसीए, अपी स्कुल, भ्याली पब्लिक, टीआईए ‘ए’, युरो स्कुल, निम्स, ग्रिनल्यान्ड, दुर्गा भवानी, श्री मंगलदीप र भीएस निकेतन पनि प्रिक्वाटरफाइनलमा पुगे ।

गर्ल्समा ज्ञानोदयले टीआईए ‘बी’ लाई २०-१०, ग्रिनल्यान्डले युरोलाई २६-१८ र काष्ठमण्डप विद्यालयले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई २९-१५ ले पन्छाए । ज्ञानोदयकी सिमरनले १०, ग्रिनल्यान्डकी प्रसिद्धी भण्डारीले १० र काष्ठमण्डपकी कस्भीले ११ अंक जोडे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *