पुष्पसदन र रेडियन्ट पब्लिक सफल

२०८२, २६ कार्तिक मंगलवार १८:३०

काठमाडौं । आयोजक पुष्पसदन र रेडियन्ट पब्लिकले चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार जित हात पारेका छन् ।

कीर्तिपुरस्थित घरेलु कोर्टमा पुष्पसदनले न्यु जेनिथलाई ३६-२७ तथा रेडियन्ट पब्लिकले निःसर्गलाई ४५-२४ ले पराजित गरे । पुष्पसदनका सम्राट लामाले १३ तथा रेडियन्ट पब्लिकका विदानले ११ अंक जोडे ।

सिनियर ब्वाइजमै राराहिलले मेगसलाई ३५-२४, रेडियन्ट रिडर्सले क्रिएटिभलाई २८-२१, युनाइटेड युनिभर्सलले ग्रिन भिलेजलाई १९-१२, भ्याली भ्युले स्वर्णिमलाई ४०-३५ र राराहिलले लिटिल एन्जल्सलाई ४६-३१ ले हराए ।

जुनियर ब्वाइजमा भ्याली भ्युले मंगललाई २४-२ तथा राराहिलले ग्रिनफिल्डलाई २०-१५ ले पाखा लगाए । भ्याली भ्यूका जेनिश भुसालले १० तथा राराहिलका निसान केसीले १८ स्कोर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *