कठमाडौँ । न्यु जेनिथ र निसर्गले चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् ।
न्यु जेनिथले एभीएमलाई १७-१६ को साँघुरोअन्तरले पराजित गर्यो । निसर्गले ल्याबोरेटीलाई ४१-३८ ले हरायो। निसर्गका सन्चितले २१ अंक जोडे ।
सिनियर ब्वाइजमै मंगलले ग्रिन भिलेजलाई ४७-९, मेगसले रेडियन्ट रिडर्सलाई ३५-२५, आयोजक पुष्पसदनले भ्याली भ्युलाई ५४-४२, बाघभैरवले युनाइटेड युनिभर्सललाई १७-११ र लिटिल एन्जल्स (एलए) ले क्रिएटिभलाई २४-१३ ले पाखा लगाए । मंगलका अनुक महर्जनले २३, मेगसका साकार विकले १५, पुष्पसदनका सम्राट लामाले २६, बाघभैरवका सक्षम राईले १० र एलएका अखिलेश यादवले ६ स्कोर गरे ।
जुनियर ब्वाइजमा ग्रिनफिल्डले मंगललाई २७-५ तथा निसर्गले पुष्पसदनलाई ४-२ ले पन्छाए । ग्रिनफिल्डका अजय मगरले ८ तथा निसर्गका अर्पित न्यौपाने र अभिक श्रेष्ठले समान २-२ अंक जोडे ।
