काठमाडौं । ज्ञानोदय र काष्ठमण्डपले १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्समा सोमबार जित हात पारेका छन् ।

ज्ञानोदयले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई १५-९ ले पराजित गर्यो । ज्ञानोदयको जितमा प्रिन्सेस थापा मगरले ६ अंक जोडिन् । भनिराको १३ अंक सहयोगमा काष्ठमण्डपले आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) ‘बी’ लाई ३१-१६ ले हरायो । गल्समै ग्रिनल्यान्डले अपीलाई ३०-१९ ले पाखा लगायो । ग्रिनल्यान्डकी बिहानी राईले १२ स्कोर गरिन् ।

ब्वाइजमा युरो स्कुलले जोन डेवीलाई ३०-१६, एलआरआईले स्किब्सलाई ४३-३० र हेम्सले ज्ञानोदयलाई ३८-१५ ले पन्छाए । युरोका देवले ९ र हेम्सका जोनस कुइकेलले १४ अंक जोडे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *