स्वस्तिका र शिभाली सेमिफाइनलमा

२०८२, २० कार्तिक बुधबार १९:३३

स्वस्तिका विष्ट र शिभाली गुरुङ होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको महिला सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा स्वस्तिकाले कर्मिस्था श्रेष्ठलाई ६-० र ६-० तथा शिभालीले साल्भी शेरचनलाई ६-१ र ६-० को सोझो सेटमा सहजै पराजित गरे ।

पुरुष सिंगल्समा प्रदीप खड्‌काले देवाशिष रेउलेलाई ६-० र ६-१, आयुशमान हजुर घलेलाई ६-२ र ६-१, छेवाङ लामाले निश्चल कायश्थलाई ७-५ र ६-४, राजवीर प्रधानले सर्वेश खनाललाई ६-० र ६-१, प्रणव मानन्धरले विपुल अधिकारीलाई ६-० र ६-२, सक्षमविक्रम शाहले दर्शिल श्रेष्ठलाई ६-४ र ६-४, निशान श्रेष्ठले असभसम्राट हाडालाई ६–० र ६-० तथा निहालजंग बहादुर थापाले सन्तोष खत्रीलाई ६-४ र ६-३ को सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

होटल मिस्टिक माउन्टेनद्वारा आयोजित प्रतियोगिताको यु–८ ब्वाइज सिंगल्समा गगन श्रेष्ठले विविध भट्टचनलाई १०-६, ८-१० र १०-४ तथा सर्वज्ञजंग खत्रीले सत्विक मल्होत्रालाई १०-६ र १०-६ ले पाखा लगाउदै उपाधि भिडन्त पक्का गरे । सो स्पर्धाको गल्समा स्वर्णिमा श्रेष्ठले बेनाफ्सा महर्जनलाई १०-६ र १०-४ तथा भानी राजभण्डारीले अनुपमा श्रेष्ठलाई १०-८ र १०-८ ले पन्छ्याउदै फाइनलमा स्थान पक्का गरे ।

यु-९ गर्ल्स सिंगल्समा निम्ति कुँवर, अमिरा गुप्ता, सहारा कायश्थ र हीरादेवी ऐडीले जित हात पारे । त्यसै स्पर्धाको ब्वाइजमा सर्वज्ञजंग खत्री विजयी भए । यु-१० ब्वाइज सिंगल्समा सोनाम घले, आहान भट्टराई, कायान चालिसे र भिरल अग्रवालले सफलता पाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *