युइएफए च्याम्पियन्स लिगमा पिएसजीले बार्सिलोनामाथि पुनरागमन जित निकालेको छ ।

गएराति बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा साविक विजेता पिएसजीले बार्सिलोनामाथि २-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको १९औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । सेन्नी मेउलुले ३८औं मिनेटमा पिएसजीका लागि बराबरी गोल फर्काए । खेलको ९०औं मिनेटमा गोन्जालो रामोसले गोल गर्दै पिएसजीलाई जित दिलाए ।

यो जितपछि पिएसजीको २ खेलमा ६ अंक भएको छ भने हाल अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । त्यस्तै बार्सिलोनाको भने २ खेलमा ३ अंक रहेको छ भने हाल अंक तालिकामा १६औं स्थानमा रहको छ ।

च्याम्पियन्स लिगमा बुधबारको नतिजा

बार्सिलोना १ – २ पिएसजी

बोरूसिया डर्टमन्ड ४-१ एथ्लेटिक बिलबाओ

आर्सनल २-० ऑलम्पियाकोस

मोनाको २-२ म्यानचेस्टर सिटी

जुभेन्टस २-२ भिल्लारियल

युनियन सेन्ट गिलोसी ०-४ न्युक्यासल

नेपोली २-१ स्पोर्टिङ

भिल्लारियल २-२ युभेन्टस

च्याम्पियन्स लिगको अंक तालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *