युइएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी बराबरीमा रोकिँदा आर्सनलले जित हात पारेको छ ।

गएराति मोनाकोको घरेलु मैदानमा भएको खेलमा सिटीले दुई पटकको अग्रता जोगाउन नसक्दा मोनाकोसँग २-२ गोलको बराबरी खेलेको हो ।

पाहुना टोली सिटीका लागि एर्लिङ हालान्डले १५औं मिनेटमा पहिलो गोल गरे । त्यसको तीन मिनेट पछि मोनकाकोका लागि जोर्डन टेज़ेले बराबरी गोल फर्काए ।

खेलको ४४औं मिनेटमा हालान्डको ब्यक्तिगत दोस्रो गोलमा सिटीले पुन: अग्रता लियो । तर, खेलको ९०औं मिनेटमा मोनाकोले पेनाल्टी पायो । जसलाई सदुपयोग गर्दै एरिक डायरले गोल गरे, र सिटीलाई बराबरीमा रोक्न सफल भयो ।

यो नतिजापछि पिएसजीको २ खेलमा ४ अंक भएको छ भने हाल अंक तालिकामा आठौं स्थानमा रहेको छ । त्यस्तै मोनाकोको भने २ खेलमा १ अंक रहेको छ भने हाल अंक तालिकामा ३०औं स्थानमा रहको छ ।

त्यस्तै अर्को खेलमा आर्सनलले घरेलु मैदानमा ओलिम्पियाकोसलाई २–० ले पराजित गर्यो । खेलको १२औँ मिनेटमा ग्याब्रियल मार्टिनेलीले गोल गर्दै अग्रता दिलाए भने इन्ज्युरी समयमा बुकयो साकाले दोस्रो गोल गर्दै जित पक्का गरे ।

यो जितपछि आर्सनलको २ खेलमा ६ अंक भएको छ भने हाल अंक तालिकामा पाँचौं स्थानमा रहेको छ । त्यस्तै ओलिम्पियाकोसको भने २ खेलमा १ अंक रहेको छ भने हाल अंक तालिकामा २९औं स्थानमा रहको छ ।

च्याम्पियन्स लिगमा बुधबारको नतिजा
बार्सिलोना १ – २ पिएसजी
बोरूसिया डर्टमन्ड ४-१ एथ्लेटिक बिलबाओ
आर्सनल २-० ऑलम्पियाकोस
मोनाको २-२ म्यानचेस्टर सिटी
जुभेन्टस २-२ भिल्लारियल
युनियन सेन्ट गिलोसी ०-४ न्युक्यासल
नेपोली २-१ स्पोर्टिङ
भिल्लारियल २-२ युभेन्टस

च्याम्पियन्स लिगको अंक तालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *